मेस्सीले जिते यस वर्षको ‘बालोन डी ओर’ अवार्ड


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७८ मा प्रकाशित




अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले यस वर्षको ‘बालोन डी ओर’ अवार्ड जितेका छन् ।

मेस्सीले गएराती पेरिसमा सम्पन्न एक विशेष समारोहमा यो कीर्तिमानी अवार्ड जितेका हुन् ।

मेस्सीले यो सहित ७ ‘बालोन डी ओर’ अवार्ड जित्न सफल भएका छन्।

यो वर्ष आफ्नो देश अर्जेन्टिनालाई कोपा अमेरिका उपाधी दिलाउन सफल मेस्सीले यस वर्षभर आफ्नो देश र क्लबका लागि ४१ गोलसहित १७ गोलमा असिस्ट गरेका थिए।

मेस्सीले वायर्न म्युनिखका लेवान्डोस्कीलाई पछि पार्दै यो अवार्ड जिते।

दोस्रो स्थानका लेवान्डोस्कीले ‘स्ट्राइकर अफ द इयर’को अवार्ड जिते।

पोर्चुगिज अर्का स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने छैटौं स्थानमै सीमित रहे।

महिलातर्फको ‘बालोन डी ओर’ अवार्ड भने बार्सिलोनाकी कप्तान एलेक्सिया पुटरलासले हात पारिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।