कास्कीको पाउँदुरमा दुर्घटना, एकको मृत्यू, ८ घाईते


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७८ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा बस दुर्घटनामा परेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ पाउँदुरको घुम्तीमा भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु.१ख. ७७६६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर एक जनाको मृत्यू भएको छ भने ८ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा बसमा सवार बागलुङ न.पा.वडा नं.६ लहरे पीपल बस्ने वर्ष २९ को शिवराम शर्मा, बागलुङ ठुलढुङ्गाका ४८ वर्षिय, कृष्ण खड्का, बागलुङ न.पा.वडा नं.१४ बलेवा बस्ने बर्ष २५ को राजु श्रेष्ठ, श्रेष्ठको बुवा वर्ष ८५ को उमलाल श्रेष्ठ, सोहि ठाउँका आवारोड बस्ने बर्ष ४२ की सुवर्ण सापकोटा (महिला), पर्वत फलेवास न.पा.वडा नं.४ बस्ने बर्ष ३५ को सुर्य तिवारी, चितवन भरतपुर म.न.पा.३ राम्जाली मार्ग बस्ने बर्ष २३ की साधना उपाध्याय र (घर मूली) जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं.३ पाउदुर बस्ने माया बि.क. घाइते भएका छन् ।

घाईतेहरुको पोखराको फिस्टेल हस्पिटल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाईते मध्ये केहिको अवस्था मध्यम र केहिको सामान्य रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।