शिक्षा तालिम केन्द्र गण्डकीको रोष्टर प्रशिक्षक प्रशिक्षण सकियो


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७८ मा प्रकाशित




शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोष्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।

तालिम केन्द्र दमौलीको विस्तारित शाखा अमरसिंहमा भएको एकहप्ते प्रशिक्षणमा केन्द्रले गण्डकी प्रदेशका माध्यमिक तहका नेपाली, अड्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका १ सय ५० शिक्षकहरुलाई प्रशिणक्ष दिएको हो।

प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटले रोष्टर प्रशिक्षणले गण्डकी प्रदेशमा विषयगत रुपमा दक्ष, योग्य र अब्बल प्रशिक्षक तयार भएको उल्लेख गरे।

अब हुने टीपीडी तालिममा प्रशिक्षकहरुमध्येकाले नै अन्य शिक्षकलाई प्रशिक्षण दिने रानाभाटको भनाई थियो। उनले प्रशिक्षकहरुलाई आफ्नो ज्ञान र क्षमताको प्रर्दशन गर्न तयारी अवस्थामा रहन आग्रह गरे।

तालिमले प्रशिक्षकहरुमा ताजगीकरण, सिकाईका नवीनतम कला, शिक्षण सिकाई सहजीकरणको नवीन विधिको ज्ञान, सिकाईमा सूचना प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको विकासमा प्रशिक्षण सफल भएको उनको स्पष्टोक्ति थियो।

कार्यक्रममा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाट र विज्ञान विषय प्रशिक्षक रुद्रमणि पौडेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे। तालिम केन्द्र गण्डकी प्रदेशका शाखा अधिकृत विदुरहरि आचार्यले संचालन गरेको कार्यक्रममा सहभागीको तर्फबाट जुना थापा र गोपालबाबु मरहठ्ठाले आफ्ना भनाई राखेका थिए।

‘समयका स्वरहरु’ मुक्तक संग्रहका सर्जक समेत रहेका तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटले आफ्नो दोस्रो कृति प्रकाशोन्मुख रहेको कार्यक्रममा बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।