प्रतिकात्मक तस्बीर
नेपाली काँग्रेसको १४ महाधिवेशनको लोगो आज (बिहीबार) सार्वजनिक गरिने भएको छ।
पार्टीको १४ औं महाधिवेशनको नजिकिदैँ गर्दा काँग्रेसले महाधिवेशनको लोगो सार्वजनिक गर्न लागेको हो।
पार्टी सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्दै छन्।
प्रदेश महाधिवेशनको उद्घाटनसँगै महाधिवेशनको लोगो सार्वजनिक गर्ने काँग्रेसको प्रचारप्रसार विभागले जानकारी दिएको हो।
आज लोगो सार्वजनिक भएपनि २ दिनपछि मात्र होडिङबोर्ड, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचारप्रार गरिने जनाइएको छ।
महाधिवेशनको नारा पनि तय गरिएको छ। विभागका अनुसार ‘उत्साह, एकता, रूपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







