कांग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठले सभापति देउवालाई आफ्नो अर्जुनदृष्टि सरकारमा लगाउन सुझाव दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनको विहीबार पोखरामा उद्घाटन गर्दै उनले भने,‘प्रधानमन्त्रीको जिम्मेवारी भनेको सरकार सफल बनाउनुतिर हुनुपर्छ, म उहाँलाई आफ्नो अर्जुनदृष्टि सरकारतर्फ लगाउन आग्रह गर्छु ।’ प्रधानमन्त्री देउवाले सरकारमा भन्दा पार्टीमा बढी ध्यान दिएको उनको भनाई थियो । उनले पार्टीलाई व्यक्ति व्यक्तिको कांग्रेस बनाउन नहुने बताए । ‘अहिले पार्टीमा शेरबहादुर कांग्रेस, रामचन्द्र कांग्रेस, अर्को कांग्रेस भनेजस्तो देखिएको छ, तर हामीलाई कांग्रेसलाई व्यक्ति व्यक्तिको कांग्रेस बनाउनु हुँदैन, हामी सबैको कांग्रेस बनाउनुपर्छ’–उनले भने ।
पूर्व उपसहभापति श्रेष्ठले अदालतको विवाद तत्काल सुल्झाउन सरकार र गठबन्धनका दलहरुलाई आग्रह गरे । गठबन्धनको नेताका रुपमा रामचन्द्र पौडेल रहेको भन्दै उनले भने,‘अदालतमा विकृति, विसंगति मौलाएको छ, एक महिनादेखि अदालत समस्यामा छ, तर सरकार र गठबन्धन मौन छ, यसरी अदालतमा भएको समस्यामा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं, यसमा तत्काल सरकार र गठबन्धनमा छलफल गरेर निकास निकाल्नूस् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







