कास्कीको रुपा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई छात्रवृत्ति र सामग्री वितरण गरिएको छ।
अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा सगोल कास्कीले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।
अपाङ्गता भएका १६ छात्रा र १४ छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र मास्क सहयोग प्रदान गरेको हो।
छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाईका लागि प्रतिविद्यार्थी ५ सय रुपैयाँका दरले कूल १५ हजार प्रदान गरेको थियो।
त्यस्तै गाउँपालिकाभित्र अपाङ्गगता भएका १५ नागरिकका लागि आवश्यकताअनुसारका सामग्री प्रदान गरिएको छ। ऋपाङ्गताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैसाखी प्रदान गरेको हो।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिलाई आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघसंस्थाको पनि सहयोग रहँदै आएको बताए।
गाउँपालिकामै चिकित्सक खटाएर स्वास्थ्य परीक्षण गरी घरदैलोमै अपांगता परिचयपत्र वितरण गरिएको बताए।
उनले आगामी दिनमा पनि समाजका अपांगता, असक्त, विपन्न वर्गको हितका लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







