पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
शनिबार मतदान सकिएसंगै पोखरा उद्योग वाणिज्य संघको हलमा मतगणना जारी रहेको हो । हालसम्म ३ सय मत गणना सकिँदा संस्थापन पक्षबाट सभापतिका उमेद्वार अर्जुन जोशीले अग्रता लिइरहेका छन् । उनले हालसम्म १५१ मत प्राप्त गरेको मतगणना स्थलबाट जानकारी प्राप्त भएको छ । त्यस्तै संस्थापन इतर पक्षबाट सभापतिमा उमेद्वारी दिएका शुक्रराज शर्माले १४८ मतसहित जोशीलाई पछ्याइरहेका छन् ।
सभापति सहित सबै पदाधीकारीको मतगणना ३ वटा समुहमा विभाजन भएर गरिएको छ ।
कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन शनिबार पोखरा प्रर्दशनी केन्द्रमा भएको थियो ।
गण्डकी प्रदेशमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर पक्ष (पौडेल समूह) ले प्यानलसहितको प्रतिस्पर्धामा छन् । सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको प्रतिस्पर्धा छ ।
संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतर पक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् । जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, शर्माको प्यानलबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी प्रतिस्पर्धामा छन् ।
महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र ईश्वर पाण्डे, शर्मा प्यानलबाट किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने प्रव्तिस्पर्धा गरेका छन् । सहमहामन्त्री महिलातर्फ जोशी प्यानलबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।
सहमहामन्त्री दुई जनाका लागि जोशी प्यानलबाट राजनराज पन्त र झलबहादुर आले, शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे प्रतिस्पर्धामा छन् । सहमहामन्त्रीमा प्यानल बाहिरबाट युवराज बास्ताकोटी र गणेश सापकोटा प्रतिस्पर्धामा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







