पोखरा सिटी टुर गाइड एशोसिएसनको अध्यक्षमा गौतम


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७८ मा प्रकाशित




पोखरा सिटी टुर गाइड एशोसिएसनको अध्यक्षमा दिनेश गौतम निर्वाचित भएका छन्।

एशोसिएसनको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले गौतमलाई सर्वसम्मत अध्यक्षतामा चयन गरेको हो।

अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा सरस्वती थापा, कोषाध्यक्षमा बुद्धिसागर देवकोटा, सह–सचिवमा खमानसिंह गुरुङ सर्वसम्मत चयन भएका छन्। यसैगरी, सदस्यहरुमा झपेन्द्रबहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेमप्रसाद सुवेदी चयन छन्।

नवनिर्वाचित अध्यक्ष गौतमले पोखराको पर्यटन क्षेत्रको विकासका लागि सिटी टुर गाइडको महत्वपूर्ण भूमिका रहेको जनाउँदै आगामी दिनमा संस्थाको उद्देश्यअनुरुप कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए। एशोसिएसनमा ४७ सदस्यहरु छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।