खनालको ब्यंग्य : मुुलुक पूरै बर्बाद बनाउन ओलीलाई अझै प्रधानमन्त्री बनाईराखौं


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




राजनीतिक विश्लेषक मुमाराम खनालले मुलुक पूरै बर्बाद हुन बाँकी रहेकाले त्यत्तिञ्जेल केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाईराख्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आफूले राजिनामा दिए मुलुक बर्बाद हुन्छ’ भन्ने भनाईप्रति ब्यंग्यात्मक टिप्पणी गर्दै उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेखेर आक्रोस ब्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल फेसवुकमा उनले लेखेका छन्,‘मैले राजिनामा दिएँ भने मुलुक बर्बाद हुन्छ । त्यसैले म राजिनामा दिन्न, प्रम ओलीले भनेको ठीकै हो, मुलुक पूरै बर्बाद हुन अझै केहि समय बाँकी छ । उहाँलार्य त्यति समय त दिनैपर्छ ।’

साझा पार्टी छाडेर बसेका खनाल राजनीतिक विश्लेषक हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।