नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्साल अध्यक्ष र बिष्णु रिजाल सचिब रहेको ४३ सदस्यीय नगर कमिटि घोषणा गरेको छ ।
भेलाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदशे अध्यक्ष रामजी शर्माले दक्षिणपन्थी र निरंकुशताका बिरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट पार्टीलाई श्रमजीविको पार्टी बनाउन र समाजवादको लक्ष्य हाँसिल गर्नका लागि एकिकृत समाजवादीमा आवद्ध हुन समेत आग्रह गरे
कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला कमिटिका अध्यक्ष मोती प्रसाद पौडेलले कम्युनिस्ट आन्दोलनको लामो संघर्षबाट प्राप्त भएको उपलब्धीलाई रक्षा गर्नका लागि र निरंकुश चरित्रलाई चुनौती दिन नयाँ पार्टीको जन्म भएको बताउँदै सबै कम्यूनिष्ट श्रमजीबिहरु नेकपा एकिकृत समाजवादीमा गोलबन्द हुन आग्रह गरेका थिए ।
कार्यक्रममा नेकपा ९एस० केन्द्रिय लेखा आयोगका सचिब हरिकुरमार श्रेष्ठ, खेलकुद महासंघ सदस्य रामेश्वर गौतम, प्रदेश सम्पर्क कमिटिका उपसचिब तुलसी पौडेल, जगन्नाथ घिमिरे लगायतले बोलेका थिए । कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिष्णु रिजालले गरेका थिए ।
सोही भेलाले सुमन गौडेलको अध्यक्षतामा ६१ सदस्यीय फलेवास नगर युवा संघ नेपालको घोषणा गरेको छ । यस्तै भेलाले अमृतराज लम्साल अध्यक्ष, सुदिप आचार्य सचिव र सन्देश लामिछाने ईन्चार्ज रहने गरि २१ सदस्यीय अनेरास्ववियूको नगर कमिटीको निमार्ण गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







