सिद्दि बिनायक गणेश गुठीको गुठी पूजा सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित




पोखरा । सिद्दि बिनायक गणेश गुठी भैरबटोलले सोमबार बार्षिक गुठी पूजा गरेको छ । स्थानिय गणेश मन्दिरमा पूजा अर्चना गरि गुठियारहरुले गुठी पूजा सम्पन्न गरेका हुन् ।
गुठीका अध्यक्ष कृष्णमान प्रधानाड.को अध्यक्षतामा पूजा गरिएको हो ।
अध्यक्ष प्रधानाड.का अनुसार यो गुठी २ सय बर्ष पुरानो हो । गणेश मन्दिरको संरक्षण, संबर्द्दन गर्नु , भजन किर्तन गरि नेवार संस्कृति जगेर्ना गर्नु गुठीको प्रमुख उद्देश्य रहेको स्स्कृतिबिद् अष्टमान प्रधानाड.ले बताए । गुठीमा भैरबटोल आसपासका नेवार समुदायका ३२ घर परिवार गुठीयार रहेको गुठीका सदस्य सृजन भान्साकार्यले जानकारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।