पोखरा । अन्तराष्ट्रिय स्वयमसेवक दिवसको अवसरमा पोखरामा ६० वर्ष उमेर पुगेका ६ जना स्वयम्सेविकाहरुलाई सम्मान गरिएको छ ।
दिवसको अवसरमा सोमबार लामाचौर, तल्लाकोट र सहरी स्वास्थ केन्द्र पोखरा–१९ लामाचौरले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमकाबिच उनीहरुलाई सम्मान गरिएको हो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्मा, पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, वडा सदस्य कृष्ण गौतम, कोपिला केसी, दुर्गा बस्नेत, विकास आचार्य लगायतले सम्मानपत्र, दोसल्ला, प्राथामिक उपचार किट बक्स र मायाको चिनोबाट संयुक्तरुपमा सम्मान गरेका हुन् ।
कार्यक्रममा गुमा भण्डारी, माहालक्ष्मी थापा, कुन्ती पौडेल, सारदादेबि पैडेल, पार्बती पौडेल र सावित्री पाण्डे क्षेत्री सम्मानित भएका छन् ।
वडा नम्वर १९ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थकर्मीहरु जसमाया जिरेल ,कमला शर्मा पराजुली ,स्वास्थ चैकी प्रमुख श्यामसुन्दर आचार्य लगायतले बोलेको थिए । कार्यक्रमको सञ्चालन वडासचिब श्रीराम पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स…







