पोखरा । गण्डकी प्रदेशमा विहीबार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयका अनुसार ७९ जनामा गरिएको परीक्षणमा कास्कीमा ४ जना, पर्वत र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा २–२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्य ४ जना पुरुष र ४ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए ।
आज थपिएकासंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ८८ हजार ८८ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स…







