कास्की काँग्रेसका युवा नेता महादेव गुरुङले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरूङले काँग्रेसको आदेखि सुरु हुने पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल तरूण दलका पूर्व अध्यक्षसमेत रहेका गुरूङले आफ्नो उम्मेदवार सार्वजनिक गर्दै नेपाली काँग्रेसलाई वीपीको विचारमा ल्याउने कुरामा प्रतिवद्धता जनाए। नेपाली कांग्रेसले विपिको विरासत र विचार बिर्सिएको भन्दै नेता गुरूङले काँग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको तर्क गरेका छन्। भ्रष्टाचार विरोधीको छवि बनाएका नेता गुरूङले काँग्रेस शुद्धिकरणको अभियानलाई पनि आफ्नो मूल मुद्दा बनाएका छन्। काँग्रेस पार्टीलाई अझ सशक्त, सबल, सुदृढ र एकतावद्ध बनाउन आफूले सक्दो भूमिका खेल्ने उनको प्रतिवद्धता छ।
‘पार्टी एकढिक्का हुनुपर्छ र पार्टी विधि विधान अनुसारमात्र संचालन हुनुपर्छ,’ गुरुङले भनेका छन्।
गुरुङ कास्की काँग्रेसका निष्ठावान र ईमान्दार नेताका रुपमा चिनिन्छन्। नेता गुरुङ जिविस कास्कीका पूर्व सभापति समेत हुन्। उनी पार्टीको १३ औं महाधिवेशनमा पनि जनजाति कोटाकोतर्फबाट केन्द्रीय सदस्य पदमै चुनाव लडेका थिए। गुरुङ २०३९ सालमा नेविसंघको महामन्त्री र २०५८ सालमा नेपाल तरुण दलको अध्यक्ष भएर काम गरेका थिए। उनी २०५६ मा सांसद र २०५७ सालमा राज्यमन्त्री बनेका थिए। नेता गुरूङ कास्की क्षेत्र नं. ३ बाट महाअधिवेशनका लागि निर्वाचित प्रतिनिधि हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







