पोखरामा शुक्रबार विहान ट्रक पल्टिदा चालक सहित २ जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरस्थित सडक खण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख.२९४८ नं. को फलामे छड (रड) बोकेको ट्रक विहान साढे ४ बजे आफै अनियन्त्रित भई नालीमा पल्टिदा मृत्यु भएको हो।
दुर्घटनामा परी लमजुङ पार्चेका ४२ वर्षीय चालक भीमबहादुर तामाङ र नवलपरासी गैडकोट–१७ का मुर्कुस तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसुवाका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। मृतक मुर्कुस तामाङ पनि ट्रकको सहचालक/हेल्पर हुन सक्ने प्रनाउ मरासिनीले बताए। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरेको प्रहरी नायव उपरीक्षक मरासिनीको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







