पोखरा । मोहरपानी आदर्श टोल विकास संस्था र जागरण आमा समुहको संयुक्त आयोजनामा निःशुल्क आयुर्वेदिक शिविर सम्पन्न भएको छ ।
अन्नपूर्ण आयुर्वेदिक क्लिनिकको सहयोगमा शुक्रबार पोखरा १३ आर्वामा भएको शिविरमा २२८ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
शिविरमा ग्यास्टीक,गानोगोला,कब्जियत,पायल्स,अफिसर,फिस्टुला,पिनास,दम,रुघाखोकी,टाउको दुखाई,स्त्रीरोग,ढाड दुखाई,घुँडा दुखाई,नसारोग,हड्डीखिईएको सुनिएको, यूरिक एसिड, हातखुट्टा झमझमउने, दुर्वेसन लगायतका रोगको परीक्षण गरी निःशुल्क औषधी बितरण गरिएको थियो । यस्तै केही जटील बिरामीको अन्नपूर्ण आयुर्वेदिक क्लिनिक मा लगि थप उपचार गर्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।
अहिलेको अवस्थामा अनेकौं स्वास्थ्य चुनौति र समस्याहरुको आयुर्वेदिक उपचार पद्दती बाट पनी सम्भावना छ भन्ने अभिप्रायले यो शिविर आयोजना गरिएको डा.ज्योति कुमारी ठाकुर ले बताईन् । उनले परापूर्वकालदेखि नै आयुर्वेदिक औषधी मार्फत बिभिन्न रोगहरुको उपचार गरिँदै आईएको र यो पद्धती भरपर्दो माध्यम भएकोले यसको प्रयोग मा जोड दिनु पर्ने बताईन् ।
कार्यक्रममा मोहरपानी आदर्श टोल बिकाश संस्था पोखरा १३ आर्वाका अध्यक्ष श्रीराम सिग्देल, सचिव शिबराज बराल तथा जागरण आमा समुहकी अध्यक्ष राधा देबी बराल (बिद्या)लगायतले कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।
शिविरमा पोखरा १३ आर्वा का बिभिन्न टोल बिकास समितिसंगै पोखरा महानगरपालिका वडानं १२, २०, २८ तथा मादी गाउँपालिकाबाट पनि सहभागिता रहेका जनाइएको छ ।
अन्नपूर्ण आयुर्वेदिक क्लिनिक सितलादेबीकी सञ्चालिका डा.ज्योति कुमारी ठाकुरको नेतृत्वमा ८ जना स्वास्थ्यकर्मीको समुहले शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको यही असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको…







