नेपाली कांग्रेसको १४ औं महाधिवेशन : संस्थापन पक्षको प्रदेशतर्फका केन्द्रीय सदस्यमा कास्कीका अधिकारी सहित ३ जना


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षले प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यको उम्मेद्वारी टुंग्याएको छ ।


शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको सचिवालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशबाट कास्कीका सोभियतबहादुर अधिकारी , तनहुँका ध्रुव वाग्ले र महिलार्फ स्याङ्जाकी सरस्वती तिवारी प्रदेशस्तरीय केन्द्रीय सदस्यको उम्मेदवारका लागि चयन भएका छन् ।


यस्तै समावेशीतर्फ मुस्लिमबाट गोरखाका अब्दुल सतारलाई चयन गरिएको जनाइएको छ । प्रदेशबाट दुई पुरूष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ।


नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । शनिबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।