प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन र ९७ हजार २०० रुपियाँ मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपियाँ मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७०० रुपियाँ मा कारोवार भएको थियो । आज एक हजार रुपियाँले वृद्धि भई ९६ हजार ७०० रुपियाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ रुपियाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार २१० रुपियाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २५५ रुपियाँमा कारोवार भएको छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।