फोनिज कास्कीमा दिलप्रसाद गुरुङ


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा दिलप्रसाद गुरुङ चयन भएका छन् ।


फोनिजको शनिबार सम्पन्न छैटौैं अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भएका गुरुङ एभरेस्ट एफएम ९३ मेगाहर्जका प्राविधिक प्रमुख हुन् ।


यस्तै संघको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा शुशिल श्रेष्ठ, सह–सचिव सम्राट गुरुङ र कोषाध्यक्षमा रमेश गुरुङ चयन भएका छन् ।


यस्तै संघको सदस्यहरुमा गीता राना मगर, देविका तामाङ, मनप्रसाद गुरुङ, अल्चना श्रेष्ठ, प्राश्ना मानान्धर, रोजी बुढा मगर, योगेन्द्र श्रेष्ठ र बस बहादुर शेर्पा सर्वसम्मत चयन भएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।