पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा पोखरामा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा साहारा बाल आधारभुत विद्यालय प्रथम भएको छ ।
पोखरा महानगर भित्रका १० वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा साहारा बाला आधारभुत विद्यालय प्रथम भएको हो ।
विद्यार्थीहरुमा सामान्य ज्ञानको अभिबृद्दि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कन्या मा वि नदिपुर द्वितिय ,श्रीकृष्ण मावि मासबारले तृतीय स्थान प्राप्त गर्दा पार्दी मावि र सरस्वती आधारभुत विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको आयोजक संस्थाका बालबालिका, युवा तथा परिवार शाखाका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले जानकारी दिइन् ।
कार्यक्रममा चिल्ड्रेन नेपालका निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा, वरिष्ठ कार्यक्रम अधिकृतद्वय शिव शर्मा चापागाईं र शारदा शर्माले संयुक्तरूपमा विजयी विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
कार्यक्रममा निमित्त कार्यकारी निर्देशक शर्मा, प्रथम स्थान प्राप्त गरेकी साहारा बाल आधारभुत विद्यालयकी छात्रा गिता किसान, कार्यक्रमका सह–सयोजक रमेश सुबेदी, सहायक सयोजक सुनिता तिमिल्सिना , महेन्द्र पौडेल र लीला न्यौपानेले लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







