नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ, २०१ सदस्यीय कमिटी गठन


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेशमा २०१ सदस्यीय कमिटी बनेको छ।

कमिटको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन्।

शनिबारदेखि सुरु पार्टीको पहिलो सम्मेलनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो। सम्मेलन अन्तर्गत आइतबारदेखि बसेको पहिलो बैठकले गुरुङलाई पार्टीको प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित गरेको हो। आइतबारदेखि बसेको पहिलो बैठक सोमबार बिहानसम्म लम्बिएको थियो।    


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।