शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पोखराको शितलादेवी सामुदायिक विद्यालयमा सरप्राइज चेकिङ गरेका छन् ।
विगत केही वर्षदेखि उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको उक्त विद्यालयमा मन्त्री पौडेलले अवलोकन गरेका हुन्।
मन्त्री पौडेलले विद्यालयको गुणस्तरीय शिक्षा, बढ्दो विद्यार्थी संख्या र आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
नेपालकै नमुना विद्यालयको रुपमा रहेको पोखराको शीतलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार २०७२ र २०७५ प्राप्त गरेको थियो भने प्रदेश प्रमुख शिक्षा पुरस्कार २०७६ प्राप्त गरेको थियो।
विद्यालयमा हाल माध्यमिक तहमा १ मात्र सरकारी दरबन्दी छ। ६४ जना शिक्षक/कर्मचारी कार्यरत विद्यालयका अधिकांश शिक्षक निजी स्रोत अन्तर्गत छन्। मन्त्री पौडेलले विद्यालयको प्रतिष्ठा जोगाउन सरकारले सहयोग गर्ने बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







