लमजुङमा भूकम्पको धक्का महसुस


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

आज (सोमबार) बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो। भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मस्र्याङ्दी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।