साङ्केतिक तस्विर
पोखरामा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ चाईनापुल (पृथ्वीचोक)मा ट्रकले स्कुटरमा सवार एक जना महिलाको मृत्यू भएको हो । सो दुर्घटनामा अर्का एक जना घाईते भएका छन् ।
पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको बा.३–००१ ख १८१५ नम्बरको ट्रकले सोहि दिशातर्फ गइरहेको ग.१४ प. ५८२२ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो करीब १२ः३० बजे ठक्कर दिदा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका वडा नम्बर १४ काजीपोखरीकी ६० वर्षिया शान्तिमाया पुनको मृत्यू भएको हो । ट्रकको ठक्करबाट घाईते भएकी उनलाई उद्धार गरेर अस्पताल पु¥याइएपनि उनको उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट स्कुटर चालक गुल्मी जिल्ला चारपाला गाउँपालिका वडा नम्बर ४ घर भई जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ४२ वर्षिय प्रहरी सहायक निरीक्षक डिलबहादुर सोमरे घाइते भएका छन् । घाईते सोमरे मृतक पुनको ज्वाईं हुन् ।
घटनालगत्तै कास्की प्रहरीले स्कुटरलाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जारी गरेको वुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







