गण्डकी प्रदेशमा ९ जना संक्रमणमुक्त हुँदा ३९ मा कोरोना पुष्टि


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा मंगलबार ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोही अवधीमा ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


१९५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।


यसरी थपिनेमा बाग्लुङका २५ जना, कास्कीका ६ जना, स्याङ्जाका ४, तनहुँका ३ र नवलपुर पूर्वका एक जना छन् । संक्रमित मध्य १८ जना महिला र २१ जना पुरुष हुन् ।


यो संगै प्रदेशमा हालसम्म ८८ हजार १८३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ८६ हजार ५४९ जना संक्रमणमुक्त भइसकेका छन् ।
सोही अवधीमा संक्रमणबाट थप एक जनाको मृत्यु भएसंगै हालसम्म १ हजार ४२४ जनाको ज्यान गुमेको छ ।


संक्रमणबाट पोखरा १० की ७० वर्षिय संक्रमित महिलाको उपचारका क्रममा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।


अब प्रदेशभर होम आइसोलेसनका १८७ सहित २१० जना सक्रिय संक्रमित छन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।