देउवाको विजयमा पार्टीले अबिरजात्रा गर्दैन : नेता खाँड


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले शेरबहादुर देउवाको विजयमा उत्सव नमनाउने उल्लेख गरेका छन्।

पार्टीको आन्तरिक निर्वाचन भएकाले जितको खुसीयालीमा अबिरजात्रा र नाराबाजी नगर्ने नेता खाँडको भनाई छ।

विपक्षी पार्टीलाई पराजित गरेजस्तो विजयउत्सव मनाउन आवश्यक नरहेको उनको स्पष्टोक्ति छ। पार्टीका अन्य पदाधिकारी र सदस्यको मतपरिणाम आएपछि जिम्मेवारी सम्हाल्दै सुभकामना आदान–प्रदान गरिने नेता खाँडले बताए।

सभापति पदका लागि भएको मतदानको मतगणनाको अन्तिम नतिजापछि सञ्चारकर्मीसँग कुरा गर्दै खाँडले भनेका छन्, ‘पराजित भएको समूहलाई पार्टीले जिम्मेवारी दिन्छ। सबै पक्षलाई समेटेर पार्टीलाई थप सशक्त बनाउँदै अगाडि बढाउने रणनीति छ।

निर्वाचन समितिले अन्तिम मतपरिणाम सुनाउँदा मतगणनास्थलमा देउवा नदेखिएपछि संचारकर्मीहरुको जिज्ञाशाको नेता खाँडले जवाफ दिएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।