गण्डकी धौलागिरी पेट्रोलियम डिलर्सका अध्यक्ष गोगंजुलाई पितृ शोक


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित





पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशन अध्यक्ष एवं पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य राजन गोगंजु लाई पितृ शोक परेको छ ।

गोगंजुका पिता बुद्धिप्रसाद गोगंजुको ७२ बर्षको उमेरमा सोमबार राती रानीपौवा स्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गिय गोगंजुमा मधुमेह र फोक्सो सम्वन्धी समस्या रहेको थियो ।

रानीपौवा आयल स्टोर्स स्थापना गरेर पेट्रोलियम पदार्थको कारोवार गर्दै आएका स्वर्गिय गोगंजुले रानीपौवा तायमचा नाच समितिको अध्यक्ष, रानीपौवा नेवा कच खलःको अध्यक्ष, भिमसेन सिं गुठीको संस्थापक अध्यक्ष र वडा सदस्य समेत भएर कार्य गरेका थिए ।स्वर्गिय गोगंजुको मंगलबार विहान पोखरा रामघाटमा अन्त्येष्टी गरिएको छ । गोगंजुका श्रीमती र तीन छोराहरु छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।