कास्की । वात्सल्य नेचुरल आईभिएफद्धारा पोखरामा आगामी शनिबार प्रजनन स्वास्थ्य शिविर हुने भएको छ । शिविर पौष ३ गते मेघा हेल्थकेयर,सभागृहचोक पोखरामा दिउसो १० बजेदेखि सञ्चालन गर्न लागेको हो ।
शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन तथा स्त्रिरोग विषेशज्ञ डा आकृति भारतीले प्रजनन सम्बन्धि चेकजाँच र आवश्यक सल्लाहसुझाव दिने छिन् ।
निसन्तान सम्बन्धि संकोचित सोच, मिथ्या धारणा,कुण्ठा लगाएत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको वात्सल्यले प्रमुख चार स्थान मध्ये १० गते निशा अल्ट्रसाउण्ड एण्ड डाईग्रोष्टिक क्लिनिक विर्तामोड,झापामा,१७ गते वात्सल्य हेल्थकेयर नेपालगञ्ज शाखा,विटिएस चोक,नेपालगञ्ज नर्सिङहोम अगाडी सञ्चालन गर्नेछ भने पौष २४ गते प्रदिप क्लिनिक हस्पिटलरोड वडा नं.६ जनकपुर प्रादेशिक अस्पताल अगाडी सञ्चालन गरिने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको यही असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको…







