पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा जीवन उपयोगी सीप तथा नेतृत्व विकाससम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
युवाहरुलाई लक्षित गर्दै पोखरामा सञ्चालन गरिएको तालिममा पोखराका विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम सह–संयोजक रमेश सुबेदीले जानकारी दिए । २८ जनाको सहभागिता रहेको तालिमको सहजीकरण संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईं , बालबालिका युवा तथा परिबार कल्याण शाखा प्रमुख शारदा शर्मा र सह–संयोजक रमेश सुबेदीले गरेका थिए ।
कार्यक्रममा संस्थाका निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले जीवन उपयोगी सीप, नेतृत्व विकास र उत्प्रेरणा लगायत तत्वहरुले युवालाई जिवनमा महत्वपूर्ण सिकाइ हुने बताए । तालिममा सिकेका कुराहरु व्यवहारमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरे ।
सो अवसरमा बोल्दै तालिममा सहभागी बिष्णु माया बिक र रन्जित नेपालीले तालीम अत्यन्तै प्रभावकारी भएको प्रतिक्रिया दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







