नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरुले लिए सपथ


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरुले बुधबार सपथ ग्रहण गरेका छन् ।

बुधबार पोखरामा आयोजित एक कार्यक्रमका विच प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालाई नेकपा एमालेकी सचिव एवं गण्डकी ईञ्चार्ज पद्मा अर्यालले सपथ गराएकी हुन् । लगत्तै शर्माले कमिटीका उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्य र मञ्जु अधिकारीलाई सपथ गराएका छन् ।

गत आइतबार बसेको नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले शर्मालाई पार्टीको गण्डकी प्रदेश कमिटीको अध्यक्ष तोकेको थियो ।

संविधान सभा सदस्य समेत रहेका शर्मा यस अघि गण्डकी प्रदेश कमिटी सदस्य थिए । उनले पार्टीमा अनेरास्ववियू म्याग्दीको पूर्व जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । शर्मा जिविस म्याग्दी पूर्व सभापति रहेर काम गरिसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।