काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

- निर्वाचन समितिका अनुसार ४,६७९ मतमध्ये खड्काले २१२१ र गुरुङले १९०८ मत पाए। त्यस्तै, गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए


     एभरेस्ट आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी बनेका छन्।

बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ विजयी बनेका निर्वाचन समितिले घोषणा गरेको छ।

देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार २ मतान्तरले पराजित बने।

निर्वाचन समितिका अनुसार ४,६७९ मतमध्ये खड्काले २१२१ र गुरुङले १९०८ मत पाए। त्यस्तै, गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए।

१४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए। आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिएका थिए।
अब महामन्त्री पदको मतगणना बिहीबार विहान ८ बजेदेखि हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।