१९ वर्षमुनिको महिला साफ च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि सहज जित निकालेको छ।
नेपाली टोलीले श्रीलंकन टोलीलाई ६–० को फराकिलो गोल अन्तरले हराएको हो।
नेपालका लागि रश्मीकुमारी घिर्सिङले २ तथा सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी रानामगर र रजनी थोकरले १÷१ गोल गरे।
श्रीलंकालाई हराएसँगै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको छ। जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।
श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। श्रीलंका अंकविहीन छ। यसअघिका खेलमा श्रीलंका, भुटान र भारतसँग पराजित भएको थियो।
नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंका गरी ५ देश सहभागी प्रतियोगितामा शीर्ष २ टोली फाइनलमा प्रवेश गर्नेछन्।
सन् २०१८ मा भएको च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







