काँग्रेस महामन्त्री पदको मतगणना ९ बजेबाट सुरु हुँदै


     एभरेस्ट आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरपछि सुरु हुँदैछ।

काँग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका २ महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

निर्वाचनको मतगणना बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महामन्त्री पदका लागि निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।