राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान


     एभरेस्ट आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित




निर्वाचन आयोगले माघ १२ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले निर्वाचन प्रयोजनका लागि आज (बिहीबार) देखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ।

रिक्त हुन गइरहेका १ मनोनीत बाहेकका १९ पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।

एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनीत एक सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।