बागलुङ । बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ । स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएसँगै सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको हो ।
स्वास्थ्य संस्था नरहेका वडा नं १, ३ र ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । वडा नं १ रामरेखामा गत आर्थिक वर्षदेखि केन्द्र सञ्चालनमा आएको थियो । बुधबार वडा नं ३ खहरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएको छ ।
वडा नं ४ उपल्लाचौरमा समेत सेवा केन्द्रको भवन तयार रहेको र सेवा प्रवाह भइरहेकाले सबै नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचमा आएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । खहरे स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेलले नागरिकको आधारभूत आवश्यकतामा पर्ने स्वास्थ्य सेवा प्रवाहमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य केन्द्रको स्थापना र नगर अस्पतालसमेत सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गको छेउमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रले सडकमा सुत्केरी हुनुपर्ने बाध्यताको अन्त्य हुने उहाँको भनाइ थियो ।
खहरेमा निर्माण भएको भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुदानमा तयार भएको हो । सो भवन रु ६१ लाखको लागतमा दुई वर्षमा निर्माण गरिएको हो । भवन अभावमा सेवा साँघुरो कोठाबाट प्रवाहहुँदै आएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको यही असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको…







