पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा नवलपरासी बर्दाघाट सुस्ता पूर्वका सात, कास्कीका चार, तनहुँका दुई, म्याग्दी र लमजुङका एक/एक रहेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए ।
प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० जना रहेको र होम आइसोलेशनमा १८३ जना रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म कुल तीन लाख ५४ हजार २९० को कोरोना परीक्षण गरिएकोमा ८८ हजार २१५ जना सङ्क्रमित भएका थिए । जसमध्ये ८६ हजार ५९१ निको भएको र एक हजार ४२४ जनाको मृत्यु भएको जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको यही असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको…







