हङकङमा संकलित रकम मिर्गौला पीडित कृष्ण गुरुङलाई प्रदान गरिएको छ।
कास्की मादी–७, थाक गाउँकी हाल हङकङमा बस्दै आएकी नानी कमला गुरुङको पहलमा संकलित ८ लाख ६५ हजार २ सय ८० रुपैयाँ मिर्गौला पीडित गुरुङलाई हस्तान्तरण गरिएको हो।
समजसेवी लक्ष्मी गुरुङ र मनु गुरुङले मिर्गौला पीडित गुरुङलाई संकलित रकम हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङ जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङ, सल्लाहकार नन्दबहादुर गुरुङ, कृष्ण गुरुङ बचाउ अभियान सहयोग समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ समाजसेवीहरु तुल्सी गुरुङ, खोमबहादुर गुरुङ, बीर बहादुर गुरुङको उपस्थिति थियो।
वडा अध्यक्ष लालबहादुर गुरुङ लगायतले समाजिक अभियन्ता नानी कमला गुरुङले गरेको समाजिक कार्यहरुको प्रशंसा गरे। उनीहरुले मिर्गौला पीडित कृष्ण गुरुङको उपचारको लागि सहयोग गर्नु संपूर्ण सहयोगीलाई आभारसहित धन्यवाद ब्यक्त गरे।
सहयोग समितिका कोषाध्यक्ष दुर्गाबहादुर गुरुङका अनुसार हालसम्म कृष्ण गुरुङको उपचारका लागि १८ लाख रुपियाँ संकलन भएको जानकारी दिए। सहयोग समितिका सचिव बालकृष्ण गुरुङ कार्यक्रम संचालन र सचिव बालकृष्ण गुरुङले सहयोगदातालाई धन्यवाद दिएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको…







