गण्डकी, ३ पुस (रासस)
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिने पर्ने बताएकी छन् । नेपाल रेडक्रस सोसाईटी कास्की लैङगिक तथा सामाजिक समावेशिकरण समितिद्धारा आज पोखरामा आयोजित जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै उनले त्यसका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने बताईन् ।
महिलाहरु राजनैतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै सशक्तिकरणमा लाग्नु पर्ने बताउँदै उनले प्रत्यक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनु पर्नेमा जोड दिईन् । दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उपसभामुख शर्माले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरि लाग्न महिलाहरुलाई आग्रह गरिन् ।
नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापति डण्डराज शर्मा र कृष्णप्रसाद तिमिल्सिनाले विश्व व्यापिरुपमा पैmलिएको कोभिड १९ को जोखिमको अवस्थामा रेडक्रसले आप्mना सम्पूर्ण सेवामा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिईन् ।
संस्थाका मन्त्री धर्मराज अधिकारीले रेडक्रस विपदका समयमा मानविय सेवा सहित खानेपानीको व्यवस्था, प्राकृतिक प्रकोपमा उद्धार तथा राहत उपलव्ध गराउन सक्रिय रहदै आएको स्पष्ट पारिन् ।
कार्यक्रम संयोजक एवम रेडक्रस सोसाईटीका उपमन्त्री उर्मिला खड्काले जहाँ दुःख त्यहा रेडक्रस भन्ने अभियानमा जुट्न सवैलाई आग्रह गर्दै तालिमले संस्थामा महिला सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका पुगेको जानकारी दिईन् ।
कार्यक्रममा पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइराला लगायतले रेडक्रमको महत्व माथि प्रकाश पारेको उक्त तालिममा कास्कीका बिभिन्न ४८ उपशाखाका ९६ जना महिलाहरुको सहभागिता रहेको छ ।
एक दिने सो तालिममा मोहनसिंह खड्काले रेडक्रस अधियान, उर्मिला खड्काले उपशाखामा लैङगितक तथा सामाजिक समावेशिकरणका गतिविधि र खेमराज सापकोटाले विपद्मा महिला, बालबालिका र जेष्ठ नागरिकहरुको संरक्षण बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







