दाङका भण्डारी बने जेसिजको अध्यक्ष


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित




पोखरा, पुस ४

नेपाल जेसिजको २०२२ को अध्यक्षमा दाङ त्रिभूवन नगरका जेसी लालमणी भण्डारी चयन भएका छन् । नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अन्य ४ जना प्रतिपष्र्धीहरुलाई पछि पार्दै उनी आगामी कार्यकाल लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित भण्डारीले ३६५ मत प्राप्त गरे भने उनका निकटमत प्रतिष्पर्धी सेन विकास मानन्धरले २४९ मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अन्य प्रतिष्पर्धीहरु जेसी गोकुल सापकोटाले ३००, जेसी श्यामसुन्दर पौडेलले २९८ र जेसी शिवप्रसाद भुषालले ४६ मत प्राप्त गरे ।

त्यस्तै, १२ उपाध्यक्षहरुमा कुमार सिंह सावाँ लिम्बु, जीवन कार्की, मनोजकुमार साह, नेत्रलाल भट्टराई (नारायण), रश्मी बस्नेत, नरेशचन्द्र ओझा, रामप्रसाद पाण्डे, योगीराज अधिकारी, सन्दीप अग्रहरी, कृष्ण श्रेष्ठ, राजिव प्रसाई र जीवन श्रेष्ठ बिजयी भएका छन् । उपाध्यक्षमा बिजयी लिम्बुले ९८०, कार्कीले ९७१, साहले ९६४, भट्टराईले ९५४, बस्नेतले ९३३, ओझाले ८८३, पाण्डेले ८८०, अधिकारीले ८७९, अग्रहरीले ८३३, श्रेष्ठले ८१३, प्रसाईंले ७७३ र श्रेष्ठले ७५९ मत प्राप्त गरे ।

नया नेतृत्व चयन भएसँगै पुस १ गतेबाट शुरु भएको जेसिजको ४८ औं महाधिवेशन सकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।