साङ्केतिक तस्विर
पोखरा । पोखरामा नवजात सघन हेरचाह इकाई (एनआईसीयू) र विशेष नवजात हेरचाह इकाई (एसएनसीयू ) मा राख्न पर्ने शिशुलाई अत्यावश्यक पर्ने इन्जेक्सन अभाव भएको छ ।
३७ हप्ताभन्दा साना उमेरका शिशुलाई राखेर उपचार गरिने यस क्षेत्रकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल सहित पोखरामा सञ्चालित अस्पतालहरुमा एमिनोफाइलिन र क्याफाइन नामक इन्जेक्सनको अभाब भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल बाल रोग बिशेषज्ञ डा.रामचन्द्र बांस्तोलाले बताएका छन् ।
विशेषगरि शिशुमा चिसोका कारण स्वासप्रस्वास प्रणालीमा समस्या हुँदा सोको विकासका लागि प्रयोग गरिने दुबैप्रकारका इञ्जेक्सनको अभावले नवजात शिशुको ज्यान जोखिममा रहेको उनले एभरेस्ट एफ.एम.संगको कुराकानीमा चिन्ता ब्यक्त गरे । उनले भने, ‘चिसोका कारण नवजात शिशुको स्वासप्रस्वास प्रणाली विकास नभइसकेको अवस्थामा स्वासप्रस्वास आफै रोकिने गर्दछ, बच्चाको ज्यान जोखिममा नपरोस भन्नका लागि यो इञ्जेक्सन चलाइने गरिन्छ, क्याफाइन नामक इञ्जेक्सन पोखरामा यसअघि पनि पाइन्थेन हामीले त्यसको सट्टामा एमिनोफाइलिन प्रयोग गर्थेऔं, अहिले उक्त इञ्जेक्सनपनि नपाउँदा शिशुहरुको ज्यान जोखिममा परेको छ ।’ जसका कारण एनआईसीयू र एसएनसीयूमा उपचाररत शिशुको ज्यान जोखिममा परेको उनले बताए ।
यसअघि पनि नवजात शिशुहरुकालागि केही औषधी अभाव रहेको र अहिले पनि एमिनोफाइलिन नामक औषधी अभाव हुँदा थप समस्या भइरहेको जानकारी दिए ।
यसको समाधानका लागि औषधी विक्री केन्द्र (स्टकस्टीट) केन्द्रीय औषधी ब्यबश्था विभाग (डीडीए)ले उचित पहल गर्न उनले आग्रह गरे । उनले भने, ‘काठमाण्डाौमा उक्त औषधी पाइएको भएपनि यहाँ पाउन सकिएन, त्यसका लागि प्रदेश सरकार, स्वास्थ्य बिभाग लगायत सम्बन्धित निकायले तत्काल पहल गर्न आवश्यक छ ।’
पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एनआईसीयूमा २२ जना र एसएनसीयू १८ जना गरि ४० जना नवजात शिशुहरुको एकैपटक राखेर उपचार गर्ने गरिएको पनि उनले जानकारी दिए ।
थप जानकारी सहितको प्रस्तुती अहिले ९ : ५५ बजेको एभरेस्ट समाचारमा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको…







