पोखरा, पुस ५
पोखरा तेर्सापट्टीमा हालै घोषणा भएको छायाँ सरकारले गिरिजाचोक व्यवस्थापन गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ मा हालै छायाँ सरकार घोषणा गरिएको सरस्वती मन्दिर व्यवस्थापन समितिले स्थानिय गिरिजाचोकलाई व्यवस्थापन गर्ने भएको हो ।
स्थानिय सरकारका रुपमा रहेको वडा सरकार र त्यहाँ रहेका जनप्रतिनिधिले विकास निर्माण तथा सामाजिक काम नगरेको भन्दै घोषणा गरिएको उक्त छाया सरकारले गिरिजाचोकलाई केहि फराकिलो बनाउनुका साथै सो चोकको सौन्दर्यकरण गर्ने जनाइएको छ । जसका लागि स्थानिय राजकुमार श्रेष्ठलाई संयोजक तोकिएको छ ।
जनआन्दोलन भाग २ अर्थात ०६२÷६३ को आन्दोलन पश्चात तत्कालीन आन्दोलनका कमाण्डर मध्येका एक गिरिजाप्रसाद कोइरालाको नाममा सो चोकको नामाङ्करण गरिएको थियो । आन्दोलनका कमाण्डरको नाउँमा चोकको नाम राख्दा बजेट आउने र चोक र त्यसको आसपास विकास पुग्ने आशले स्थानियले ‘गिरिजाचोक’ नाम राखेका थिए । तर ‘गिरिजाचोक’ नामाङ्करण भएको १५ वर्ष बित्दासमेत त्यस चोकले विकासको मुख देख्न पाएको छैन । ‘हामीले बजेट आउँछ र गाउँको विकास हुन्छ भनेर नेताको नामबाट चोकको नाम राख्यौं तर नामाङ्करण भएको यत्तिका वर्ष बित्दापनि न बजेट आयो, न त विकास नै भयो’स्थानिय भिन्तुना युवा क्लवका अध्यक्ष तथा अभियन्ता राजन श्रेष्ठले भने ।
स्थानिय सरकारका रुपमा रहेको वडा कार्यालय र त्यहाँका जनप्रतिनिधिले गिरिजाचोक मात्र नभई पालिखेचोकदेखि नालामुखसम्मको ठाउँमा विकास गर्न चासो नै नदेखाएको स्थानियको गुनासो छ । ‘त्यसैले हामीले नै नामाङ्करण गरेको चोकको ब्यबस्थापन हामी नै बनाउँछौं भनेर हामी लागेका हौं’–श्रेष्ठले भने । उनले गिरिजाचोकमा ठूला गाडीलाई टर्निङ नपुग्ने भएकाले त्यस चोकलाई फराकिलो पार्न लागिएको जानकारी दिए । साथै सोहि चोकको उत्तरतर्फ रहेको बालधाराको संरक्षण गनुृका साथै ढल ब्यबस्थापन नहुँदा वर्खाको समयमा हिलाम्मे हुने भएकाले ढलमा ह्यूम पाइप लगाउने कामपनि गर्ने गिरिजाचोक व्यवस्थापन समितिका संयोजक राजकुमार श्रेष्ठले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







