फिलिपिन्समा हालै आएको आँधीका कारण ज्यान गुमाउनेको संख्या बढ्ने क्रम जारी छ ।
स्थानीय प्रहरीका अनुसार आँधीका कारण अहिलेसम्म कम्तीमा ३ सय ७५ जनाको मृत्यु पुष्टि भएको छ।
गएको बिहीबार आएको सुपर टाइफुन राईका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
राई आँधीका कारण करिब १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो।
आँधीका कारण कम्तीमा ५ सय जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ।
फिलिपिन्सको दक्षिण पूर्वी टापु क्षेत्रमा आँधीले बढी क्षति गरेको छ। त्यहाँका ३ लाख भन्दा बढी मानिस सुरक्षित स्थानमा जान बाध्य भएका थिए। आँधीका कारण त्यहाँ ठूलो मात्रामा भौतिक क्षति भएको छ।
एएफपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







