फाइल तस्विर
पोखरा, पुस ६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख सत्रु नेकपा एमाले भएको घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय बृहद प्रशिक्षण भेलालाई मंगलबार पोखरामा प्रशिक्षणात्मक मन्तव्य दिदै उनले यस्तो बताएका हुन् । उनले भने,‘केपी ओलीले कब्जा गरेको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी भएको छ, सत्रुको रुपमा रहेको छ ।’ केपी ओलीलेपनि आफू र आफ्नो पार्टीलाई सत्रुको रुपमा हेर्नुका साथै छुवाछुत गरिरहेको नेता नेपालको भनाई थियो । आफ्नो अनुहार हेर्दिन भन्दाभन्दैपनि केपीले हेर्नुपरिरहेको बताउँदै उनले थपे,‘हाम्रो अनुहार पनि हेर्दिन भन्थे, तर कस्तो सञ्जोग ! कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुप¥यो । रमाइलो भयो ।’ उनले कांग्रेसको कार्यक्रममा एउटै स्टेजमा बस्न हुने तर संसदमा भने आफू र आफ्नो पार्टीलाई छुवाछुतको व्यवहार केपी ओली र उनको प्रवृत्तिले गरिरहेको बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताए । आफू संसदमा भएका बेला केपी ओलीले संसदमा आँट नगर्ने तर आफू नभएको बेला छिर्न सक्ने भन्दै उनले भने,‘म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन संसदमा । कमसेकम मेरो उपस्थितिले केपीको संसदमा सातो गइराछ नि ! ।’ उनले केपीको सातो गएपनि नेपाली जनताको सातो कायम रहनुपर्ने बताए । साथै नेपाल राष्ट्रको गरिमा माथि उठ्नुका साथै कम्युनिष्ट आन्दोलनपनि जोगिनुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







