पोखरा, पुस ६
युवा, स्वरोजगार तथा श्रममन्त्री किसानकुमार श्रेष्ठले पाँच दलीय गठबन्धन देखेर केपी ओली र उनको पार्टी नेकपा एमाले अत्तालिएको बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय बृहद प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो पाँच दलीय गठबन्धन देखेर अन्य दलहरु अत्तालिएका छन् । खास गरेर केपी ओली नेतृत्वको नेकपा एमाले ।’ त्यहि भएर केपी ओलीले गठबन्धन भत्काउने शर्तमा एमसिसी पास गर्ने भनिरहेको उनको दाबी थियो ।
मन्त्री श्रेष्ठले एमाले र केपी ओलीहरुले जस्तो आफ्नो स्वार्थ अनुसार राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको मुद्धामा निर्णय नलिने बताए । उनले भने,‘गठबन्धन तोड्ने वा जोड्ने भन्दापनि देशको हितलाई हेरेर मात्र हाम्रो पार्टीले निर्णय लिन्छ ।’
मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा आफ्नो पार्टीले हैसियत देखाउने बताए । ‘हामी आउँदो संघ, प्रदेश र स्थानिय तहको तीन वटै चुनावमा हाम्रो पार्टीले हैसियत देखाउँछ’–उनले भने । उनले गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी कमजोर भएको हल्ला चलाएपनि आउँदो चुनावमा प्रदेशको एक नम्बर पार्टी बनाईछाड्ने उद्घोष गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







