भष्मासुर प्रवृत्तिबाट संविधान जोगाउन एमालेबाट विद्रोह गरेका हौं : बराल


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित




नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्यूरो सदस्य तथा गण्डकी प्रदेश उपसचिव श्रीनाथ बरालले भष्मासुर प्रवृत्तिबाट संविधान जोगाउन एमालेबाट विद्रोह गरेर नया पार्टी खोल्नुपरेको बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय बृहद प्रशिक्षण भेलामा स्वागत मन्तव्य व्यक्त गर्दै उनले भष्मासुर प्रवृत्तिका केपी ओलीहरुले संसद र संविधान नै समाप्त पार्न खोजेपछि त्यसको संरक्षणका लागि विद्रोह गर्नुपरेको बताए ।

नेता बरालले हाल दक्षिणपन्थी अवसरवाद र दलाल पुँजीवादको घेराबन्दी भइरहेको बताए । यसलाई चिरेर समाजवादसम्म पुग्ने आफूहरुको लक्ष्य भएको उनले प्रष्ट्याए । आफूहरुको पहिलेको पार्टीको विधानमा जनताको बहुदलीय जनवादको आधारमा टेकेर समाजवादसम्म जाने भनिएपनि ओलीका कारण त्यो सम्भव नभएको आरोप लगाए । ‘तर अब हामी पूरा गर्छौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।