ग्लो संस्थाद्धारा सिद्ध माविका विद्यार्थीलाई स्वीटर वितरण


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित




पोखरा । ग्लो संस्थाद्धारा सिद्ध मावि पोखरा १५, फलेपाटनमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । पोखरा १५ नयाँगाउँस्थित ग्लो संस्थाले सोही विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो ।

ग्लो सस्ंथाले यस अगाडीका समयमा पनि विभिन्न शैक्षिक सामग्री वितरण गर्दै आइरहको र अहिले जाडो मौसममा स्वीटर आवश्यक रहको ठानी विद्यालय प्रशासनसँगको समन्वयमा निम्न आय भएका र स्वीटर नलगाएका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको संस्थाकी संयोजक सरु गिरिले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक गुरुदत्त कोइरालाले स्वागत मन्तव्य र सहायक प्रअ जुना थापाले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।