काठमाण्डौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या ३ पुगेको छ ।
बुधबार एक ५८ वर्षिय वृद्धमा जिन सिक्वेन्सिङ गर्दा संक्रमण पुष्टि भएसंगै हालसम्म ओमिक्रोन भेरियन्ट संक्रमण हुनेको संख्या ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार संक्रमित वृद्ध अहिले होम आइसोलेसनमा रहेको र उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको छ ।
यसअघि ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का एक व्यक्तिमा मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको…







