मनकामना केबलकार नियमित संचालनमा आयो


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित




मनकामना केबलकार नियमित संचालनमा आएको छ।

नेपालकै पहिलो केबलकार आइतबारदेखि ४ दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो।

केबलकारको स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गरेको हो।

मर्मतसम्भार सकिएपछि आज (बिहीबार) देखि केबलकार सेवा पुनः नियमित संचालनमा ल्याइएको हो।

केबलकार स्तरोन्नतिको चरणमा रहेको छ। मनकामना दर्शन प्रालि कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो।

चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।