पोखरा । हक्की सङ्घ कास्कीद्वारा पोखरा-३ नदीपुर स्थित न्यु ग्यालेक्सी स्कुल लाइ हक्की स्टिक र बल बितरण गरेको छ । हक्की खेललाइ स्कुलमा पनि प्रवर्धन गर्ने उदेश्यले बितरण गरेको सङ्घका कोषाध्यक्ष राजन श्रेष्ठले बताए ।
बिद्धालयका सन्चालक राजु कायस्थ बिद्धालयमा हक्की खेल लाइ प्राथमिकताका साथ खेलाइने र अन्य बिद्धालयमा पनि प्रवर्धन गर्न भुमिका खेल्ने बताए।
भिन्तुना युवा क्लबको समन्वय मा भएको सो कार्यक्रममा क्लबका उपाध्यक्ष मनिष श्रेष्ठले हक्की खेलको बिकासको लागि क्लब सकृयका साथ लागिरहेको बताए ।
खेलाडीहरुद्वारा खेलको प्रदर्शन गर्नुका साथै आगामी दिनमा बिद्धालयमा आइ बिद्धार्थी हरुलाइ प्रशिक्षण दिइने सङ्घका सदस्य मनोज शिल्पकारले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







