शुभकामना विद्यालय बैदामले क्रिश्चियन धर्मावलम्वीहरुको महान पर्व क्रिसमसको अवसरमा सांस्कृतिका कार्यक्रम आयोजना गरेको छ । सलोम एजी चर्चका पास्टर भविन्द्र रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नाचगान गर्नुका साथै विभिन्न कला र संस्कृतिमूलक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा बोल्दै पास्टर सलोम एजीले क्रिसमको अर्थ, भाव र जिसस क्राइस्टको जन्मोत्सवको खुशियालीबारे प्रष्ट्याएका थिए । उनले यो विश्व नै एउटा घर भएको र आजका बाबुनानीहरुले सम्पूर्ण धर्म र आस्था, संस्कृतिको ज्ञान राख्नुपर्ने बताए ।
कार्यक्रममा सहभागि अतिथि तथा विद्यार्थीलाई क्रिसमसको शुभकामनासहित उपहार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल प्रकाशचन्द्र गिरीले जानकारी दिए ।
पोखरा–६ बैदाममा रहेको शुभकामना विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन÷अध्यापन हुन्छ भने कुल ३५० विद्यार्थी र ३० जना शिक्षक÷कर्मचारी रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







